जेठ २० सल्यान – घरबाट दुई दिन देखि बेपत्ता भएकि एक महिला मृत भेटिएकि छन।
कालिमाटी गाउँपालिका -२ तिखेतरा कि ६२ वर्षिय डम्बरी कुँवरकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
गत १७ गते ज्याेतिषकाेमा हेराउन जान्छु भन्दै घरबाट गएपछि परिवारकमे सम्पर्कमा नआएपछि परिवारले खाेजिकार्य गर्नेक्रममा उनकै छाेराले बिहीबार मध्याह्न १२ बजेतिर साेहि ठाउँ स्थित शारदा नदीकाे बिचमा शव अड्किएकाे अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्ताेष खनालले बताए।
शव फेला परेकाे जानकारी प्रहरीलाई भएपछि ईलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी नायव निरीक्षक तेजबहादुर खड्काकाे कमान्ड खटिएको प्रहरी टाेलिले शव निकाली पाेष्टमार्टमकाे लागि तुलसीपुर दाङ पठाई पाेष्टमार्टमपछि शव परिवारकाे जिम्मा लगाएकाे र घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक प्रेमबहादुर बाेहराकाे कमान्डमा एसओसिओ सहित ५ जनाकाे टाेलि खटिएका प्रहरी निरीक्षक खनालले बताए।