जेठ १७ सल्यान – भेरी नदिमा बेपत्ता भएकि बालिकाको शव खाेज्ने क्रममा अर्काे शव फेला परेकाे छ।
बनगाड कुपिण्डे नगरपालिका -३ कारा बस्ने अमर विककि अन्दाजी १४ वर्षिया छाेरी गिता विक मंगलबार अपरान्ह ४ बजेतिर धान कुटन कारागाउको जिउला स्थित मिलमा गएकाे बेला भेरी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएपछि उनकाे खाेजिकार्यमा खटिएको प्रहरी र स्थानीयकाे टाेलीले अर्को महिलाको शव भेटाएकाे हाे।
भेटिएको शव साेहि ठाउँकै पुर्व वडा सदस्य समेत रहेकि अन्दाजी ४० वर्षिय पार्वती कामीकाे रहेकाे छन। श्रीमान विरबल कामिको ३ वर्ष पहिला मृगौला क्यान्सर बाट मृत्यु भएपछि उनको मानसिक सन्तुलन गुमाएकि थिइन। उनकाे शव सुर्खेत सिम्ता गाउँपालिका ६ राकम नजिकै पुरानो लहरामा अड्किएकाे अवस्थामा फेला परेको घटनास्थलबाट पत्रकार इन्द्रबहादुर बुढाथोकीले बताए।
जिल्ला प्रहरी कार्यालय सल्यानले भने उनि हराएको वा उक्त घटनाबारे सल्यान प्रहरी युनिटहरु कसैलाई जानकारी नभएको बताएको छ। त्याे घटना बारे परिवार तथा स्थानीय कहिकतैबाट जानकारी नआएको र घटनास्थल सुर्खेत क्षेत्र पर्ने र उक्त घटना सुर्खेत प्रहरीले हेर्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।
आजै मंगलबार बेपत्ता भएकि बालिकाको भने खाेजिकार्य जारी रहेकाे छ। ईलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी सहायक निरीक्षक विनोद रेग्मीको कमान्डमा तिनजना प्रहरीको टाेली सहित स्थानीयले खाेजिकार्यले गरिरहेकाे प्रहरी नायव उपरीक्षक खड्काले बताए।