बैशाख २४ राेल्पा – हिन्दु संस्कार अनुसार निधन पछि १३ दिनपछि गरिने (पुण्य तिथि ) शुद्ध शान्तिमा गई खाना खाएका स्थानीयहरु बिरामी परेका छन।
गंगादेव गाउपालिका -४ भिता निवासी मोतु वलीको शुद्ध शान्तिमा गएका करिब ६० जना व्यक्तिहरुलाई लगातार वान्ता हुने पेट दुख्ने ,रिगाटा लाग्ने समस्या देखिएको हुदा स्वाथ्य चौकी म्वालेखोलामा उपचारकाे भइरहेको गाउँपालिका प्रेस संयाेजक अशोक वलीले बताए।
अहिले सबै उमेर समुहका गरि करिब ६० जना स्वास्थ्य चौकीमा आएकाे र गाउँमा अन्यलाई पनि साेहि प्रकृतिको समस्या देखिएकाे खबर आएपछि ल्याउने तयारी भएकाले संख्या अझै बढन सक्ने र बिरामी मध्ये सबै एउटै गाउँका छन। उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनिहरुलाई फुड पाेइजन भएको प्रेस संयाेजक वलीले बताए।
अहिले गम्भीर अवस्थामा काेहि नभएकाले स्वास्थ्य चौकिमै उपचार भइरहेको हुदा आवश्यक परे थप स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी रहेकाे र गम्भीर अवस्थाकाे बिरामी भए रिफरकाे लागि गाउँपालिकाले एम्बुलेन्स तयारी अवस्थामा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सालिकराम बस्नेतले बताए।
उनी भन्छन्; `अहिलेसम्म सबैको अवस्था सामान्य भएको खबर पाएका छौ, अहिले तत्कालका लागि उपचार गर्ने र त्यसपछि त्यसबारे अनुसन्धान गर्छौ।´
के हाे फुड पाेइजन ?
फुड पाेइजन विभिन्न ब्याक्टेरिया तथा भाइरसका साथै त्यसबाट उत्पन्न भएका विषबाट हुने गर्छ । फुड पाेइजनका जिवाणुहरु नोरो भाइरस, सालमोनेला,कम्पेलोब्याक्टर, इकोलाई टोक्सोप्लाज्मा गोडी आदि हुन् ।
फुड पाेइजनकाे मुख्य कारण विशेषगरी अस्वस्थकर खानपानबाटै फुड प्वाइजनिङ भएको पाईन्छ । खानामा संक्रमण भएको केही घण्टादेखि केही दिनमा यसका लक्षण देखिन्छ ।
किन हुन्छ फुड पोइजन ?
१.राम्रोसँग हात नधोई खाना बनाएमा,
२.खाना बनाउँदा प्रयोग हुने सामानहरू सफा नभएमा,
३.लामो समयसम्म बाहिर राखेको डेरी पदार्थहरूको प्रयोग गरेमा,
४.प्रशोधन नगरेको माछाको प्रयोग गरेमा,
५.राम्रोसँग नपखाली फलफूल वा तरकारीहरूको प्रयोग गरेमा,
६.राम्ररी नपाकेको अन्डा, माछा तथा मासुको प्रयोग गरेमा,
७.इनार तथा कुँवाको पानीहरू वा सहर बजारका पानीहरू प्रशोधन नगरी प्रयोग गरेमा ।
कस्ता लक्षणहरु देखापर्छ ?
खानाको विषाक्तताको लक्षण प्रदूषित खाने कुराको मात्रा र संक्रमित ब्याक्टेरियाको प्रकारमा निर्भर हुन्छ । यसका लक्षणहरू ३० मिनेटभित्र वा विस्तारै केही दिन वा हप्तामा देखिन सक्छ । यसको मुख्य लक्षणहरू निम्म मध्येका कुनै पनि वा सबै पनि देखा पर्न सक्छन्।
फुड पाेइजनका लक्षण
– बान्ता हुने
– वाकवाकी लाग्ने
– पानीजस्तो वा रगत मिसिएको पखाला लाग्ने
– पेट दुख्ने तथा मांसपेशी बाउडिने
– ज्वरो बान्ता हुने
– वाकवाकी लाग्ने
– पानीजस्तो वा रगत मिसिएको पखाला लाग्ने
– पेट दुख्ने तथा मांसपेशी बाउडिने
– ज्वरो आउने
सामान्यतया खानाको विषाक्ततामा घातक हुँदैनन् र २४ देखि ४८ घण्टा भित्रमा निको हुने गर्दछ । वाकवाक लाग्ने, पखाला लाग्ने, बान्ता हुने, पसिना आउने, काप्ने र अचेतसमेत हुसक्छ ।
कडा जलवियोजन र इकोलाइका केही प्रजातिले गराउने हेमोलाइटिक युरेमिक सिन्ड्रोमको समयमै उपचार नभएमा बिरामीको मृत्युसम्म पनि हुन सक्ने डर रहन्छ । यसकाे जाेखिम वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीमा अझ बढी हुने गर्छ ।