चैत २२ राेल्पा – माडीखोला स्थित मौलाबाङ बेलिब्रिज संचालनमा आउने भएको छ।

स्थान्नान्तर थालेकाे झन्डै ६ महिना पछि उक्त बेलिब्रिज बिहीबार देखि संचालनमा आउन लागेकाे हाे।  उक्त बेलिब्रिज राेल्पा नगरपालिकाकाे माडिचौर स्थित माडिखाेलाबाट मौलाबाङ ल्याउन माडी गाउँपालिका मार्फत साढे ४४ लाखमा हरितरा कन्ट्रक्सनले कामकाे जिम्मा पाएकाे थियाे।

माडी गाउँपालिकाले त्यसबाहेक बेलिब्रिजकाे वारिपारिको स्टकचर पनि करिब २० लाख लगानीमा तयार गरेपछि करिब ६४ लाख बढी गाउँपालिकाकाे बजेटमा काम सम्पन्न भएको माडी गाउँपालिका -५ का वडा अध्यक्ष भरत बहादुर बुढा मगरले बताए।

उक्त बेलिब्रिजकाे लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन (सिजल) ले बिहीबार उदघाटन गरेपछि निरन्तर संचालनमा ल्याउने तयारी भएको वडा अध्यक्ष बुढा मगरले बताए।

पहिला उक्त बेलिब्रिज रहेकाे राेल्पा नगरपालिकाकाे माडिचौर स्थित माडी खाेलामा अर्काे पनि बेलिब्रिज भएकाे हुदा मौलाबाङकाे आवश्यकतालाई ध्यानमा राखेर स्थान्नान्तरकाे निर्णय गरिएको र माडी गाउँपालिकाकै दुर्गम क्षेत्र पनि पर्ने भएकाले अब सहज रुपमा सहिद मार्गकाे घर्तीगाउँ लिबाङ सडक खण्ड संग मौलाबाङ पनि जाेडिएकाे वडा अध्यक्ष बुढा मगर बताउछन्।

उक्त ठाउँमा यसअघि पुुल नहुदा ६ महिना मात्रै वारपार गर्न सकिने र बाकी ६ महिना खाेलाका कारण निकै जाेखिम माेल्नुपर्ने भएकाे हुदा अब त्याे समस्या हटेकाे छ। अहिलेसम्म सम्म संचालनमा आउनुपर्ने उक्त बेलिब्रिजकाे काम ठेकेदारले बिचमा केही समय राेकेपछि समय लागेकाे वडा अध्यक्ष बुढा मगरले बताए।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार