चैत १८ काठमाडौ – पेट्रोल पदार्थको मूल्य घटेकाे छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई शुक्रबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएसंगै उक्त मुल्यसुची अनुसार पेट्रोलिकाे मुल्य मात्रै घटेकाे अन्य पदार्थको मल्य बढेर आएकाे नेपाल आयल निगमले जनाएको छ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेकाे छ तर डिजेल प्रतिलिटर २ पैसाले बढेकाे छ। मट्टितेलको मूल्य प्रतिलिटर २२ रूपैयाँ १९ पैसा, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार