चैत १३ राेल्पा – आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा चैत २९ बाट लागू हुनेगरि जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई जिल्ला मुख्य निर्वाचन अधिकृत र स निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हाे। जिल्ला मुख्य निर्वाचन अधिकृत, स्थानीय तह निर्वाचन अधिकृत ताेकेकाे छ।

जसमध्ये राेल्पामा मुख्य निर्वाचन अधिकृतमा राेल्पा जिल्ला अदालतका न्यायाधीश दिलिपराज पन्तलाई पन्तलाई ताेकिएकाे छ। मुख निर्वाचन अधिकृत पन्तले राेल्पा नगरपालिकाकाे निर्वाचन अभिकृत पनि हेर्ने गरि आयाेगले खटाएको छ।

त्यसै गरि त्रिवेणी गाउँपालिकामा सर्वाेच्च अदालतका इजलास अधिकृत सुरेश केसी , थबाङ गाउँपालिकामा सर्वाेच्च अदालतका उपरजिष्टार हेमराज तिमिल्सिना, परिवर्तन गाउँपालिकामा जिल्ला समन्वय समिति राेल्पाका उप सचिव विक्रम प्रसाद पाण्डे, माडी गाउँपालिकामा सहायक प्रमुख जिल्ला अधिकारी राेल्पाका श्रीनाथ पाैडेल, रून्टीगढी गाउँपालिकामा जिल्ला अदालत राेल्पाका स्रेतेदार प्रेम खड्कालाई ताेकिएकाे छ।

त्यसैगरी गंगादेव गाउँपालिकामा सर्वोच्च अदालतका उपरजिष्टार कृष्णशाेभा सुवाल, लुंग्री गाउँपालिकामा कानुन, महिला तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव केदार काेइराला, सुनछहरी गाउँपालिकामा सर्वाेच्च अदालतका इजलास अधिकृत दामाेदर घिमिरे र सुनिलस्मृति गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय राेल्पाका जिल्ला न्यायधिवक्ता सन्ताेष शर्मालाई ताेकिएकाे छ।

राेल्पामा महिला ७३ हजार ८ सय र पुरुष ७२ हजार ३ सय ५४ मतदाता गरि कुल १ लाख ४६ हजार १ सय ५४ मतदाता छन।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार