फागुन २३ सल्यान – सिद्वार्थ आधारभुत विद्यालय बागचौर नगरपालिका ४ काफलडाडा शिवरथको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखमा निर्मित २ कोठे नयाँ भवन र सडक उद्घाटन गरिएको छ ।

सोमबार बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले उदघाटन गरेका हुन।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले आफुहरुले निर्वाचन पुर्व गरेका प्रतिबद्धताहरु पुरा गर्ने क्रममा जनताको आशा र अपेक्षा अनुसारको विकासमा आफुहरु लागि परेको बताउदै नगरपालिकाका १२ वटै वडामा त्यहाँको समस्या आवश्यक्ता र सम्भावनाको हिसावले बजेट विनियोजन गरि विकास निर्माण गर्दै आएको र वडानं.४ मा ५ बर्षको अबधिमा करिव साढे १२ करोड बजेट बिकास निर्माणमा छुट्याइएकाेमा त्यस मध्य करिव ३ करोड बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको बताए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण वहादुर बस्नेतको अध्यक्षता, शिक्षक चन्द्र बहादुर बिकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बागचौर नगरपालिकाका कार्यक्रम अधिकृत पुर्णवहादुर वली,इन्जिनियर ज्ञानु बस्नेत लगाएत नगरपालिकाका कर्मचारी,शिक्षक,बिद्यार्थी,सुरक्षा निकाय,आमा समुहको सहभागिता रहेको थियो भने,कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक योगेन्द्र बहादुर पुनले गरेका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार