फागुन २० सल्यान – बागचौर नगरपालिकाले पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका विकास योजनाहरुको प्रारम्भिक विवरण सार्वजनिक गर्नेक्रममा वडा नं.७ को विवरण पनि सार्वजनिक गरेको छ ।
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका विकास योजनाहरुको प्रारम्भिक विवरण अनुसार वडा नं.७ को कुल जम्मा विनियोजित बजेट रकम १२ करोड ४० लाख २३ हजार ५ सय ७३ रहेकाे नगरपालिकाले जनाएको छ।
सडक पुर्वाधार विकास तर्फ
१) सहिद रिङरोड (दह, राँकु लेख हुँदै पोखरी डाँडा) ट्रयाक ओपन (क्रमागत) ७० लाख, स्थानीय सरकार ।
२) चौपारी तिर्थेटाकुरा सडक निर्माण (क्रमागत) २० लाख, स्थानीय सरकार ।
३) आग्रला, गोगन खोला, दह सडक निर्माण १० लाख, स्थानीय सरकार ।
४) चौपारी, ओरन्जना सडक निर्माण ३६ लाख (क्रमागत) स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
५) टाट्के, दैरा, काप्राबोट सडक (क्रमागत) ७ लाख, स्थानीय सरकार ।
६) टाट्के, पैयाँचौर, मारिचौर हुँदै बाउनीचौर सडक निर्माण ३ लाख ५० हजार ।
७) चौपारी, पैयाँचौर सडक निर्माण १ लाख ।
८) चौपारी धारेडाँडा सडक निर्माण २ लाख ।
९) सिमपानी, बरालटाकुरा हुँदै भावन सडक निर्माण २ लाख ।
१०) तुसारी खोला कोदालचौर, भण्डारी डाँडा सडक २ लाख ५० हजार ।
११) आरीचौर, स्याला, पुरानछाप सडक निर्माण २ लाख ।
१२) बाल उपकार, डाँडामाथी, पुरानछाप सडक निर्माण १ लाख ५० हजार ।
१३) आग्रला, घर्तिगाउँ, चौपारी सडक निर्माण २ लाख ।
१४) गोप्ले चौर, बसारेचौर हुँदै बडाखोला सडक १ लाख ।
१५) तल्लो चौपारी कुन्याउटा सडक १ लाख ।
१६) टाट्के जोखेटाकुरा मोटरबाटो पुल १५ लाख ।
१७) खलगोरे, पारीगाउँ सिमाना बजार सडक निर्माण १ लाख ।
१८) टाट्के बडाचौर सडक निर्माण १ लाख ।
१९) टाट्के चिसीधारी पारीगाउँ सडक निर्माण २७ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२०) कोटबारा तिर्थे टाकुरा सडक निर्माण २० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२१) टाट्के चौपारी सडक निर्माण १५ लाख ५१ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२२) टाट्के, खारा, आग्रला, दह सडक निर्माण १५ लाख ५१ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२३) कोटबारा लामाचौर जोड्ने सडक ५ लाख १७ हजार ।
२४) गोप्ले चौर, बसारेचौर हुँदै बडाखोला सडक मर्मत २ लाख ८८ हजार ५०० ।
२५) टाट्के शारदा खोला हुँदै वडा नं.२ बडाचौर जोड्ने सडक मर्मत २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२६) टाट्के, पैयाँचौर, मारिचौर सडक मर्मत २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२७) बाउनगाउँ, दैरा, तिम्लेचौर हुँदै वडा नं.९ परिलेख जोड्ने सडक मर्मत २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२८) वडा नं. ७ का सम्पूर्ण सडकहरू मर्मत (क्रमागत) ११ लाख ।
२९) मुख्य सडक मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) १२ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
सडक पुर्वाधार विकास तर्फ जम्मा रु.३ करोड ४७ लाख ३७ हजार ।
गोरेटो बाटो निर्माण तर्फ
१) कुन्याउटा, बडाखोला हुँदै मख्लाम लेख पदमार्ग निर्माण ५ लाख ७७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२) पैयाँचौर, दह मसानघाटसम्म जाने गोरेटो बाटो मर्मत २ लाख ८८ हजार ५०० प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३) कोटबारा सिम्तारे घाटसम्म जाने गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
गोरेटो बाटो निर्माण तर्फ जम्मा रु.११ लाख ५४ हजार ।
विद्युत लाइन विस्तार तर्फ
१) टाट्के, बाउन गाउँ, डिम्बरखोला, सानागाँडाकोट विद्युत विस्तार २५ लाख, स्थानीय सरकार ।
२) स्यालागाउँ, तिम्लेचौर विद्युत लाइन विस्तार, १४ लाख, स्थानीय सरकार ।
३) टाट्के, खारा, घर्तिगाउँ, कोटबारा विद्युत लाइन विस्तार (ट्रान्सर्फमर सहित) ३० लाख, स्थानीय सरकार र संघीय सरकार साझेदारी ।
४) तिर्थेटाकुरा विद्युत लाइन ६ लाख, संघीय सरकार ।
५) साविकका वडाहरु १, ६ र ७ मा विद्युत लाइन विस्तार १७ लाख, स्थानीय सरकार । (कार्यान्वयन हुन बाँकी)
विद्युत लाइन विस्तार तर्फ जम्मा रु.९२ लाख ।
खानेपानी तर्फ
१) खाँकर, कोटबारा खानेपानी योजना ३५ लाख, प्रदेश सरकार ।
२) सेतापैरा टाट्के खानेपानी ५ लाख, ASHA परियोजना ।
३) तिम्लेचौर काप्राबोट खानेपानी ७ लाख, स्थानीय सरकार ।
४) माथिल्लो भालुखोला खानेपानी ८ लाख, ASHA परियोजना ।
५) झरेटा, धारेडाँडा खानेपानीको ५ लाख, ASHA परियोजना ।
६) ठारिखोला टाट्के खानेपानी ५ लाख, स्थानीय सरकार ।
७) बनसारी, कोदालचौर खानेपानी निर्माण १ लाख ५० हजार ।
८) बनसारी गोगनखोला खानेपानी निर्माण २ लाख ।
९) झारकटेरी, पुरानछाप डाँडामाथी खानेपानी १ लाख ५० हजार ।
१०) छरिखोला स्याला खानेपानी १ लाख ५० हजार ।
११) स्यालागैरी गोप्लेचौर खानेपानी १ लाख ५० हजार ।
१२) छरीखोला पोखरा खानेपानी १ लाख ५० हजार ।
१३) खारिखोला डिम्बर गैरा खानेपानी १ लाख ।
खानेपानी तर्फ जम्मा रु.७५ लाख ५० हजार ।
सिँचाइ तर्फ
१) बयासाकुरा, खलटाकुरा सिँचाइ कुलो निर्माण १० लाख, ASHA परियोजना ।
२) स्यालाखेत जोखाटाकुरा सिँचाइ कुलो निर्माण ९ लाख, ASHA परियोजना ।
३) घर्तिखोर्या सिँचाइ कुलो निर्माण ११ लाख, ASHA परियोजना ।
४) तल्लो मेलबोट सिँचाइ कुलो निर्माण ३ लाख ५० हजार, स्थानीय सरकार ।
५) आघ्रला, देवलीबोट सिँचाइ कुलो ८ लाख, ASHA परियोजना ।
६) बेलटाकुरा सिँचाइ ट्याङ्की निर्माण ५ लाख, प्रदेश सरकार ।
७) छरिखोला कानीगारे सिँचाइ कुलो २० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
सिचाइ तर्फ जम्मा रु.६६ लाख ५० हजार ।
शिक्षा पुर्वाधार विकास तर्फ
१) श्री बालकन्या मावि कोटबारा टाट्के
i) ६ कोठे पक्की भवन ५४ लाख ५५ हजार १५९, प्रदेश सरकार ।
ii) ३ कोठे पक्की भवन ३६ लाख ३५ हजार, प्रदेश सरकार ।
iii) डिजिटल विद्यालय कार्यक्रम २० लाख ३९ लाख ९३२, CTEVT
iv) विज्ञान प्रयोगशाला ६ लाख ५० हजार, स्थानीय सरकार ।
v) छोटो अवधिको तालिम (बेमौसमी तरकारी र च्याउ खेती) ५ लाख ७३ हजार ६००, CTEVT
vi) ICT ल्याब र पुस्तकालय व्यवस्थापन १३ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ।
vii) विज्ञान प्रयोगशाला व्यवस्थापन र मेसिन औजार
खरिद १२ लाख, CTEVT
viii) चौतारो निर्माण १० लाख, स्थानीय सरकार ।
ix) विद्यालय व्यवस्थापन समितिको प्रस्तावमा आधारित अनुदान ५ लाख, स्थानीय सरकार
x) खेलमैदान निर्माण १४ लाख, स्थानीय सरकार
xi) Wash शौचालय निर्माण ७ लाख, स्थानीय सरकार ।
xii) प्रवेद्वार निर्माण २ लाख, स्थानीय सरकार
xiii) शिक्षण सहयोग अनुदान १० लाख, स्थानीय सरकार ।
xiii) खानेपानी योजना निर्माण १० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम (कार्यान्वयन हुन बाँकी)
२) श्री भुवनेश्वरी आवि सानागाँडाकोट
i) भवन निर्माण ५ लाख, स्थानीय सरकार ।
ii) शौचालय निर्माण ५ लाख, स्थानीय सरकार ।
iii) फर्निचर निर्माण ३ लाख, स्थानीय सरकार ।
iv) शिक्षण सहयोग अनुदान (क्रमागत) ६ लाख ६३ हजार, स्थानीय सरकार ।
v) भवन निर्माण १२ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम (कार्यान्वयन हुन बाँकी)
३) श्री बालकन्या आवि कोदालचौर
i) शौचालय निर्माण तथा फर्निचर खरिद (क्रमागत) ८ लाख, स्थानीय सरकार ।
ii) भवन रेट्रोफिटिङ १५ लाख, संघीय सरकार ।
iii) शिक्षण सहयोग अनुदान (क्रमागत) ३ लाख २८ हजार ४४६, संघीय सरकार ।
iv) शिक्षण सहयोग अनुदान (क्रमागत) ६ लाख ६३ हजार, स्थानीय सरकार ।
v) खेलमैदान निर्माण ९ लाख ५६ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम (कार्यान्वयन हुन बाँकी)
४) श्री बालबोध आवि कोटबारा
i) विद्यालय हाता घेराबार १ लाख, स्थानीय सरकार ।
ii) २ कोठे भवन निर्माण ५ लाख, स्थानीय सरकार ।
iii) २ कोठे पक्की भवन १० लाख, संघीय संसद विकास कोष ।
iv) २ कोठे पक्की भवन २० लाख, प्रदेश संसद विकास कोष ।
v) २ कोठे पक्की भवन २० लाख, प्रदेश सरकार ।
vi) फर्निचर निर्माण ३ लाख, स्थानीय सरकार ।
vii) ICT ल्याब ६ लाख ५० हजार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ।
viii) शिक्षण सहयोग अनुदान (क्रमागत) ३ लाख २८ हजार ४४६, संघीय सरकार ।
ix) शिक्षण सहयोग अनुदान (क्रमागत) ६ लाख ६३ हजार, स्थानीय सरकार ।
५) श्री बाल उपकार आवि सानापोखरा
i) भवन निर्माण (क्रमागत) १० लाख, स्थानीय सरकार ।
ii) फिल्ड निर्माण तथा घेराबार ५ लाख, स्थानीय सरकार ।
६) श्री जनचेतना आवि दह
i) फिल्ड निर्माण तथा घेराबार (क्रमागत) ३ लाख ।
ii) शिक्षण सहयोग अनुदान (क्रमागत) ७ लाख, स्थानीय सरकार ।
७) श्री त्रिवेणी आवि रामचौर
i) फिल्ड निर्माण, घेराबार तथा फर्निचर खरिद ३ लाख ५० हजार ।
शिक्षा पुर्वाधार विकास तर्फ जम्मा रु.३ करोड ८४ लाख ५५ हजार ५७३ ।
स्वास्थ्य पुर्वाधार तर्फ
१) कोटबारा स्वास्थ्य चौकी भवन निर्माण १ करोड, स्थानीय सरकार र संघीय सरकार साझेदारी ।
२) कोदालचौर गाउँघर क्लिनिक भवन निर्माण ३ लाख, स्थानीय सरकार ।
३) कोटबारा गाउँघर क्लिनिक भवन निर्माण २ लाख, स्थानीय सरकार ।
४) सार्वजनिक शौचालय निर्माण कोटबारा १ लाख, स्थानीय सरकार ।
स्वास्थ्य पुर्वाधार तर्फ जम्मा रु.१ करोड ६ लाख
कृषि तथा पशुपालन तर्फ
१) सुन्तला, कागती, टिम्मुरका बिरुवा वितरण १० लाख ।
२) भैंसीको भकारो सुधार (क्रमागत) ३ लाख, स्थानीय सरकार ।
३) बाख्राको खोर सुधार ४ लाख, ASHA परियोजना ।
४) समाज विकास कृषि समूह तिर्थेटाकुरा भैंसीपालन कार्यक्रम अनुदान २२ लाख, प्रदेश सरकार ।
५) नवज्योति कृषि सहकारी संस्था सानागाँडाकोट अदुवा, बेसार खेती तथा कृषि औजार खरिद अनुदान २२ लाख, प्रदेश सरकार ।
६) सिर्जनशील बहुउद्देश्यीय कृषि सहकारी संस्था उन्नत जातका बाख्रा, बोका खरिद अनुदान १६ लाख, प्रदेश सरकार ।
७) सिचाइ पोखरी निर्माण अनुदान (४ वटा) ४ लाख, स्थानीय सरकार ।
८) कृषि तथा पशुपालन फर्महरुलाई विभिन्न शिर्षकमा प्राप्त अनुदान ३५ लाख, स्थानीय सरकार र प्रदेश सरकार ।
९) कृषिजन्य वस्तु संकलन केन्द्र निर्माण टाट्के बजार ५ लाख, स्थानीय सरकार ।
कृषि तथा पशुपालन तर्फ जम्मा १ करोड २१ लाख ।
संस्कृति तथा पर्यटन प्रवर्द्धन तर्फ
१) शिवमन्दिर सानागाँडाकोट १ लाख ५० हजार ।
२) बराहाटाकुरा धार्मिक स्थल घेराबार तथा पक्की वाल निर्माण कोटबारा २ लाख ।
३) भगवती मन्दिर कोटबारा १ लाख ५० हजार ।
४) शिव मन्दिर निर्माण दह १ लाख ।
संस्कृति तथा पर्यटन प्रवर्द्धन तर्फ जम्मा रु.६ लाख
अन्य विविध तर्फ
१) कोटबारा प्रतिक्षालय निर्माण १ लाख ।
६) वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता ६ लाख ।
७) लक्षित वर्गका सिपमुलक तालीम (कम्प्युटर तालिम, सिलाई कटाई, मुढा बनाउने तालिम) ५ लाख ।
८) खरको छनो विस्थापन कार्यक्रम (६ वटा घर) ३ लाख, प्रदेश सरकार ।
९) छरिखोला सडकमा सल्याब २ लाख ।
१०) टाट्के बजारमा सल्याब २ लाख ।
८) रिचार्ज पोखरी निर्माण १० लाख ७७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
अन्य विविध तर्फ जम्मा रु.२२ लाख ७७ हजार ।
