फागुन ७ काठमाडौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको ३ दिन पछि पुन: मुल्य वृद्धि गरेकाे छ।

शनिबार दिउसो विज्ञप्ति सार्वजनिक गर्दै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने गरि पेट्रोल र डिजेल र मट्टितेलमा प्रति लिटर ३/३ रुपैयाँका दरले बढाएको जनाएको छ।

याे नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १४५ र डिजेल र मट्टितेलको प्रति लिटर १२८ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मुल्य भने यथावत राखिएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको निगमले जनाएको छ । सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने देखिएको हुदा मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।

अहिलेकाे मूल्य अनुसार भारत भन्दा नेपालमा पेट्रोल, डिजेल र मट्टीतेल सस्तो रहेकाे समेत दावी गर्दै भारतकाे रक्सौलमा र नेपालकाे विरगंन्जकाे मूल्य तुलना अनुसार नेपालमा पेट्रोल प्रतिलिटर रु २९|२४ र डिजेल, मट्टीतेलमा प्रतिलिटर रु २२|३१ दरले सस्तो रहेकाे जनाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार