फागुन ३, काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छानिएका छन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १५७ विद्यालयलाई छनोट गर्ने निर्णय गरेको हो ।
जसमध्ये ४ कोठे भवन ९७६, दुई कोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।
शिक्षा मन्त्री पौडेलका अनुसार चारकोठे विद्यालय भवन निर्माणको लागि ३६ लाख छुट्याइएको छ भने भने दुई कोठेको लागि १८ लाख छुट्याइएको छ ।
त्यस्तै आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ।
राष्ट्रपति शैक्षिक सुधारका लागि समग्रमा ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याइएको छ। विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने मन्त्री पौडेलले बताएका छन् ।
उनले ‘देशभरका विद्यालयको भौतिक संरचना, आईसीटी व्यवस्थापन गर्ने अभियानमा भएको र निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई सम्बोधन गर्नेे समेेे बताएका छन । देेेेशभरका  ७३७ स्थानीय तहबाट १३४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७९८६ विद्यालयले भवन निर्माण, ४२३५ विद्यालयले आइसीटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।
कुन प्रदेशलाई कति ?
देशभर मध्ये प्रदेश एकमा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरण अनुसार प्रदेश १ मा १९८ विद्यालयमा ४ कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, ३४९ विद्यालयमा आईसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ७ विद्यालय छनोट भएका छन्।
यस्तै, लुम्बिनी प्रदेशमा १९५ विद्यालयमा ४ कोठे भवन, १३७ विद्यालयलमा दुई कोठे भवन, आईसीटी ल्याब व्यवस्थापनमा २८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना ३ विद्यालय छनोट भएका हुन् ।
यस्तै, मधेश प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १९७ विद्यालयमा २ कोठे भवन, २३५ विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन, ५ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा ४ वटा विद्यालय छनोट भएका छन् । सुदुरपश्चिम प्रदेशमा १४१ विद्यालयमा ४ कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, २७० विद्यालयमा आइसीटी व्यवस्थापन, ८ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।
भूकम्पबाट प्रभावित बागमति प्रदेशका जिल्लाहरुमा १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले बताए ।
चितवन बाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भूकम्पबाट नबनेका विद्यालयमा ४ कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आइसीटी ल्याब ४९१, प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापना ४ छनोट भएका छन्।
यस्तै, गण्डकीमा १३० विद्यालय ४ कोठे, १२५ दुई कोठे, २५५ आइसीटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् ।
कर्णालीमा ११० विद्यालयमा ४ कोठे भवन, १३८ मा दुई कोठे भवन, २२५ विद्यालयमा आईसीटी ल्याब, प्राविधिक ल्याब २ र नयाँ प्राविधिक विद्यालय स्थापना २ छनोट भएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार