माघ २५ बाँके – भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलालीको टिकापुर नगरपालिका–८ की ६५ वर्षीय महिलाको मङगलबार मध्यान्ह करिब १२:३० बजेतिर संक्रमणबाट मृत्यु भएको डिसीएमसी बाँकेका फोकल पर्सन तेज वलीले बताए।

मृतक महिलाले काेभिड विरुद्धकाे दुवै खाेप लिइसकेको र साेमबार परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि साेहि दिन भेरी अस्पतालमा भर्ना भएकि थिइन। बाँके जिल्लामा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४ सय ४४ जनाको निधन भएको छ भने बाँकेका मात्रै ३ सय ४९ जनाकाे संक्रमणबाट मृत्यु भइसकेको फाेकल पर्सन वलीले बताए।

पछिल्लो समय भेरी अस्पतालमा दैनिकजसाे वृदावस्थाका एकजनाकाे मृत्यु हुँदै आएकाे छ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार