माघ १७ बर्दिया – १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएकाे आराेपमा एक जना पक्राउ परेका छन।

गत बैशाख २७ गते बर्दिया ठाकुरबाबा नगरपालिका -०६ बस्ने ४१ वर्षिय मनिराम थारुले १३ वर्षिय बालिकालाई आफ्नो घरमा एक्लै भएको अबस्थामा डरत्रास देखाई घर भित्रै जबरजस्ती करणी गरी यो कुरा कोही कसैलाई भनिस भने मारेर फालि दिन्छु भन्दै धाकधम्की दिई पिडित बालिकालाई गर्भवती समेत बनाएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

अहिलेसम्म पनि बालिकाको गर्भमा बच्चा रहेको भन्ने जानकारी समेत कोही कसैलाई थाहा नभएकाे र माघ १६ आइतबार बालिकाले एक्कासी पेट दुखेकाे भनेपछि नजिकको क्लिनिकमा लगी उपचार गराउने क्रममा भिडियो एक्सरे गराउँदा बालिकाको पेटमा गर्भ रहेको पुष्टि भएको हाे।

त्यसपछि पीडित बालिकाको गर्भबाट छोरीको जन्म समेत भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जानकारी आए लगत्तै आराेपित थारुलाई पक्राउ गरी जबर्जस्ती करणी सम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार