माघ १५ काठमाडौ – सत्तारुढ पाँच दलिय गठबन्धनकाे दाेस्राे पटक बसेकाे बैठकले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्ने सहमति गर्दै टुंगिएको छ।
पाँच दलिय गठबन्धनको बैठक भनिए पनि बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि उपस्थित थिएनन्। जनमाेर्चाका प्रतिनिधि राजधानी बाहिर रहेकाले जनमोर्चा बैठकमा उपस्थित नभएकाे जनाएको छ। चार राजनीतिक पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा बैठक बसेकाे हाे।
शनिबार पहिलोपटक बसेकाे बैुठकबाट सहमति जुटन नसकेपछि अपरान्ह ४ बजेपछि बसेकाे दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा मार्फत सरकारलाई सुझाव दिएको बैठकपछि सञ्चारकर्मी संग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई निर्देशनकाे छ।