माघ ९ ओखलढुङगा – गुडिरहेको जिपलाई ढुङ्गाले किच्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन।
सिद्धिचरण नगरपालिका ३ असिने स्थितमा बोलेरोलाई आइतबार बिहान स्काभेटरले काम गरिरहेकाे स्थान देखि तलकाे सडकमा निशंखेबाट ओखलढुंगा तर्फ जादै गरेको को १ ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरी उक्त बोलेरो गाडीलाई किच्दा एकै घरका दुई बालबालिका सहित तीन जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
मृत्यु हुनेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवा का १० वर्षीय युसब कोईराला,उनकी ७ वर्षीया बहिनी युनिसा कोईराला र ओखलढुंगा मानेभञ्याङ १ मोलि का ३० वर्षीय हेम बहादुर मगर रहेका छन। गम्भीर घाइते भएका तिनैजनालाई उपचारको लागी लैजादै गर्दा बाटाेमा मृत्यु भएको हाे भने घाइते मध्ये बोलेरो चालक ओखलढुंगा मानेभञ्याङ १ मोलिका ३० वर्षीय सन्दिप श्रेष्ठ, ४२ वर्षीय देब बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवा कि २८ वर्षीया लक्ष्मि कोईरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार सम्भव नभए पछि घाईते मध्ये चालक सञ्जिव र देब बहादुरलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक गाेविन्द राज काफ्लेले बताए।
दुर्घटनाको खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएकाे प्रहरीले ६ जनालाई उद्धार गरि सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियाे। स्काभेटर चालक फरार रहेकोले खोजिकार्य भईरेहको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए।