माघ ७ राेल्पा – सुनछहरी गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न भएको छ।

आ. व २०७८/०७९ को कुल बजेट ३६ करोड ९३ लाख ८५ हजार ५८ रुपैयाँ अन्तर्गत चालू तर्फ २५ करोड १२ लाख ४१ हजार ५८ रुपैयाँ र पुजिगत तर्फ ११ करोड ८१ लाख ४४ हजारको चालू खर्च ५ करोड २७ लाख ६३ हजार १ सय ९१ रुपैयाँ २१ प्रतिशत र पुजीगत खर्च १ करोड ३ लाख ७६ हजार ६ सय ७६ रुपैयाँ ८.७८ प्रतिशत गरि जम्मा ६ करोड ३१ लाख ३९ हजार ८ सय ६७ रुपैयाँ १७.९ प्रतिशत खर्च भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए।

गाउँपालिकामा भौतिक विकास तर्फ ११५ वटा योजना संचालनमा रहेको छ। भने आ. व २०७८/०७९ को लागि अन्य रकमबाट तर्जुमा गाउँकार्यापालिका बैठकबाट अनुमोदित विभिन्न ११ वटा योजनाहरु पारित भएको छ। गाउँपालिका विभिन्न वडाको ८ वटा योजनाहरु संसोधन भएको छ भने विभिन्न ५ वटा ऐन तथा नियमावली तथा कार्यविधि निर्देशिकाहरु पारित भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १९ वटा योजनाहरु संचालनमा रहेको छ । त्यस्तै गाउँपालिका वित्तीय समानिकरण अनुदान अन्तर्गत विनियोजित ८ वटा गाउँ घर क्लिनिक भवनहरुको शौचालय निर्माण योजना हरुलाई तर्जुमा गर्ने निर्णय पारित भएको छ। आ.व २०७८/०७९ को लागि बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत स्वीकृत ३५ लाख अनुमोदित भएको छ। साथै यहि आर्थिक वर्षको लागी गरिबी निवारण लागी लघु उधम विकास कार्यक्रम अन्तर्गत विनियोजित २९ लाख बराबरको कार्यक्रम पारित भएको छ।

आई एन एफ रोल्पा सुनछ्हहरी गाउँपालिका अन्तर्गत यस आर्थिक वर्ष को लागि संचालन गरिने कार्यक्रमको लागि ९० लाख ८ हजार ६ सय बराबरको बजेट गाउँ सभाबाट अनुमोदित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनु भयो।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार