पुस ३० तनहुँ – यात्रु वहाक जिप दुर्घटना हुदा चार जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने आठ जना घाइते भएका छन।

बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ ग १ ज ६५५५ नम्बरको जिप धरमपानीस्थित हटिया भन्ने ठाउँमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु भएकाको अहिलेसम्म सनाखत हुन नसकेको र घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार