पुस २६,सल्यान – सल्यानको बागचौरमा आज देखि महेन्द्र रत्न क्याम्पस (अंग्रेजी विभाग ) ताहचल काठमाडौंको आयोजना तथा बागचौर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयका अंग्रेजी विषय शिक्षकहरुको लागि २ दिने पेशागत क्षमता विकास तालीम बागचौरको शारदा टपमा सुरु भएको छ ।

बागचौर नगरपालिकाका उप-प्रमुख कल्पना पुनको अध्यक्षतामा सुरु भएको तालीममा बागचौर नगरपालिका अन्तर्गतका १२ माध्यमिक र १३ निम्नमाध्यमिक विद्यालयहरुबाट जम्मा ३७ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ ।

सहभागी शिक्षक शिक्षिकाहरलाई प्रशिक्षक महेन्द्र रत्न क्याम्पस ताहचल काठमाडौंका प्राध्यापक मणिराम शर्मा र बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले सहजीकरण गरिरहेका छन ।
आज देखि सुरु भएको तालिम भोलि समापन हुनेछ ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार