पुस २१, दैलेख – भगवतीमाई गाउँपालिकाबाट सदरमुकाम आउँदै गरेको जीप लोहोरे खोला नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा भगवतीमाई गाँउपालिका ६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको हो । जिप चालक भगमतीमाई ६ कट्टीका २५ वर्षीय दिपक के.सी. भने फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य ८ जना घाइते भएको र घाइते मध्ये ६ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले  बताएको छ ।

सदरमुकामतर्फ जाँदै गरेको लु २ च ४८२९ नम्बरको जीप नारायण नगरपालिका ११ मा आज बिहान दुर्घटना भएको साथै मोडमा जीप अनियन्त्रित भएर पल्टिँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।                                                                फाईल फोटो

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार