पुस ३, सल्यान – निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) को देशव्यापी रुपमा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम अन्तर्गत सल्यानमा पनि चौथो जिल्ला अधिवेशन आज बागचौरमा सम्पन्न भएको छ ।
अधिवेशनबाट मेजर ५ का पदाधिकारीमा पुरानै नेतृत्वलाई दोहोर्याउँदै नयाँ सदस्यहरु थपेर सर्वसम्मत नेतृत्व चयन भएको हो ।
जसमा अध्यक्ष जित बहादुर भण्डारी, उपाध्यक्ष भरत कुमार बस्नेत , सचीव खिमराज डि.सी., कोषाध्यक्ष कमल वली , सदस्यहरु अमर बहादुर के.सी., धनसिह गोसा , हिमाल भण्डारी , प्रदिप घर्ती र बेल बहादुर डाँगी रहेका छन ।