मंसिर २७, सल्यान – दाङ तुलसीपुरमा भएकाे जिप दुर्घटनामा थप एक जनाकाे मृत्यु भएकाे छ ।

सिरखोला नजिक आईतबार अपरान्ह साढे चार बजे भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि घाईते भएका कपुरकोट गाउँपालिका ३ निबासी ५२ बर्षका चन्द्र बहादुर खड्कालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको थियो । उनको गएराती ८ बजे मृत्यु भएसँगै मृतककाे संख्या ४ जना पुगेको प्रहरीले जनाएकाे छ ।

मंसिर २६ अर्थात् हिजो जीप दुर्घटनामा परि ज्यान गुमाउनेहरु कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्का रहेका छन । घाइते मध्ये १० जनालाई नेपालगंज रिफर गरिएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार