मंसिर ८, सल्यान – राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । राम्री-चोरखोला सडकखण्डको स्तरोन्नति गर्नुपर्ने भएकाले मंसिर ७ देखि २१ गतेसम्म १५ दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

बिहान ७:०० – ९:०० बजेसम्म, दिउँसो ११:००- ३:०० बजेसम्म र बेलुका ५:०० – ७:०० बजेसम्म सवारी साधनको आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालय दाङ्गका प्रशासकीय अधिकृत अम्मरराज शर्माले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार