श्रावण २९ काठमाडौ – स्वास्थ्य तथा जनसंख्यया मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अनिवार्य पीसीआर परीक्षण गराएर कामकाजमा लगाउन अस्पतालहरुलाई निर्देशन दिएको छ।
बुधबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै कोभिड-१९को संक्रमण बढेसँगै स्वास्थ्यकर्मी संक्रमित हुनबाट जोगाउन र स्वास्थ्यकर्मीबाट सर्वसाधारण संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गरी काममा खटाउन अस्पतालहरुलाई अनुरोध गरेको छ।