कार्तिक २८ रोल्पा – जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँ तर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको ६ जना सवार यात्रुवहाक जिप घर्तीगाउँ बजार नजिक दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको घटनास्थलमै र एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

मृत्यु हुनेहरुमा माडी–६ हान्निङका गाडी चालक तथा मालिक ५१ वर्षीय रुद्र पुन, साेहि ठाउँका ५३ वर्षीय टेकबहादु पुन र साेहि ठाउँकै ४७ वर्षीया चौसरा विककाे घटनास्थलमै र उपचारकाे क्रममा जिल्ला अस्पताल रेउघामा थप एकजना १८ वर्षीय लीला पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डीएसपी नरेशराज सुवेदीले जनसहारा अनलाइन संग बताए।

घाइते हुनेमा सोही ठाउँका २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन। घाइते भएका दुई जनाकाे जिल्ला अस्पतालल रेउघामा उपचार भइरहेको र अवस्था गम्भिर रहेको हुदा जिल्ला बाहिर रिफर गर्ने तयारी भएको प्रहरी प्रमुख डीएसपी सुवेदीले जानकारी दिए । तस्बिर : बुद्धिमान वली

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार