कात्तिक १८ सुर्खेत – सुर्खेत–कोहलपुर रत्न राजमार्गको वीरेन्द्रनगर–११, सानो व्यूरेनीमा आज दिउँसो मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भेरी पुल तर्फबाट आउँदै गरेको कर्णाली प्रदेश–०२–००१प–७६६९ नम्बरको स्कुटरलाई विपरीत दिशा वीरेन्द्रनगरबाट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१क–०१२३ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–१२, का २४ वर्षीय रविन रानाको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटना हुँदा स्कुटरको पछाडि बसेकी रानाकी आफ्नै दिदी ३२ वर्षीया रानी राना सख्त घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिनुभयो । घाइते रानाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार