असाेज १८ राेल्पा – ६६ औँ प्रहरी दिवसको पुर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालय राेल्पामा कार्यरत प्रहरीहरुले रक्तदान गरेका छन।

जिल्ला रेड्क्रस साेसाइटी राेल्पा संगको समन्वयमा जिल्ला अस्पताल रेउघामा रहेको रक्त सन्चार केन्द्रमा गएर ११ जना प्रहरी कर्मचारीले रगत दान गरेका हुन। समयसमयमा अत्यावश्यक परेको अबस्थामा पनि प्रहरी कर्मचारीले पहिले रगत दिदै आएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख नरेशराज सुवेदीले जनसहारा अनलाइनलाई बताए।

६६ औ प्रहरी दिवस को पुर्व सन्ध्यामा प्रहरीले जिल्लाभर इलाका प्रहरी कार्यालय सुलिचौर, इलाका प्रहरी कार्यालय होलेरी, इलाका प्रहरी कार्यालय थवाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउ लगाएत सबैतिर विभिन्न कार्यक्रमहरु दकार्यक्रमहरु गर्दै आएको डिएसपी सुवेदीले बताए।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार