असोज ११ राेल्पा – रुन्टीगढी गाउँपालिककाे होलेरी बजारमा सोमबार बजार अनुगमन गरिएको छ ।

हिन्दु धर्मालम्वीहरुको महान चाडपर्वहरु दशै तिहार जस्ता पर्वहरु नजिकीदै गरेको अवस्थालाई मध्यनजर गर्दै अनुगमन कार्यलाई तिव्रता दिएको अनुगमन समितीका संयोजक एवं रुन्टीगढी गाउँपालिका उपाध्यक्ष छमायाँ पुनले बताउनु भएको छ ।

बजार अनुगमनमा अनुगमन समितीका संयोजक एवं रुन्टीढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन, इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायव निरिक्षक नारायण जिसी,उद्योग वाणिज्य संघ रोल्पाका गोविन्द पुन, बजार व्यवस्थापन समिती होलेरीका भुपाल बस्नेत,रुन्टीगढी गाउँपालिकाका रुपेश अधिकारी ,श्यामणि विक,दिपक पराजुली,विशाल बोहोरा अम्वीका पौडेल,दिपेन्द्र घर्ती, संचारकर्मी ,नगर प्रहरी लगायतको टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमन को क्रममा पसल दर्ता तथा नविकरण,मुल्यसुचीको प्रयोग सम्बन्धीकाे अनुगमन लगायत म्याद गुज्रिएका सामानहरु जफत गरी नष्ट गरिएको छ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार