भदौ ३१ जनकपुर : बालिकालाई बलात्कार गरि गर्भपतन गराएको अभियाेग लागेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–९ परिकौलीका २३ वर्षीय आकाश झा रहेका छन। आफ्नै घरमा काम गर्न राखेकी महिलाकी १३ वर्षीया छोरीलाई ललाइफकाई प्रलोभनमा पारी लामो समय यौन शोषण गरी गर्भवती बनाएको र पछि साढे ७ महिनाको बच्चा गर्भपतन गराई बच्चा समेत खेर फालेको उजुरी झा विरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले बताएको छ।

गत पुसमा एकदिन बालिकाको आमा बिरामी हुँदा आमाको सट्टामा काम गर्न गएको बेला आकाशले घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेका थिए। त्यसदिन देखि सुरुवात गरि विवाह गरौला भन्दै पटकपटक ८ महिना सम्म यौन शोषण गरि गर्भवती बनाई आराेपित आकाश अनि उनको बुबा युद्धनाथ र ममता झाले जनकपुरधाम स्थित केयर मेडिकल सेन्टरमा लगेर चिकित्सकलाई गाेेप्य राखदिन भन्दै विभिन्न प्रलोभन देखाई बालिकालाई नसालु औषधि खुवाई ७ महिनाको गर्भपतन गराएको आरोप बालिकाको परिवारले लगाएको जिल्ला प्रहरी कार्यालय महाेतरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टले बताए

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार