भदौ २४ काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बजेटकाे स्राेत नपुग्ने भन्दै आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका छन।

शुक्रबार अर्थमन्त्री शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक मार्फत संशोधन गरेर अस्पताल बनाउने निर्णय गरेकाे बताएका हुन्।

शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने र अनुगमन भत्ता कटाएर कोरोना भाइरस विरुद्धको खोप खरिद गर्ने बताएका छन। चालु खर्च तर्फ बैठक भक्ता, इन्धन, मर्मत, कर्मचारी तालिम, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, र विविध कार्यक्रम खर्चमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको उनको भनाइ छ। त्यस वाफतकाे पाँच अर्ब बजेटले खाेप खरिद गरिने उनले जानकारी दिए।

अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा करिब १५ अर्ब घटाएका छन्। बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४ करोड ६७ लाख घटाएका हुन् । यसअघि अर्थमन्त्री पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको बजेट ल्याएका थिए। अर्थमन्त्री शर्माले आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका हुन्।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार