भदौ २० दाङ – माछाकाे टाेकाइबाट एक जनाकाे ज्यान गएकाे छ।

अढाई जातको माछाले टोक्दा दाङ लमही नगरपालिका–१ का ४९ वर्षीय खिमबहादुर घर्तीकाे उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।

घर्ती दम्पतीले शनिबार दिउँसो घर नजिकैको नहरमा माछा मार्ने क्रममा घर्तीले माछा छोपेर मुखले माछाको टाउको थिचेर घाइते बनाई प्लास्टिकमा राखे केही समयपछि उनी एक्कासि बेहोस भएपछि उपचारको लागि लमही अस्पतालमा लगिएको थियो। अस्पतालमा लगेकाे केही समयमै उनकाे मृत्यु भएकाे हाे।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार