भदौ १७ काठमाडौं – प्रहरी हिरासतमा रहेका जुवाडेलाई छुटाइदिने भनेर घुस लिएको आरोपमा प्रहरी दुईजनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पा घर भएका दत्त बुढा छन्। यी दुवैजना माओवादी केन्द्र निकट समेत रहेको छ। उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् भने दत्त पूर्व विद्यार्थी नेता भएकाे बुझिएकाे प्रहरीले बताएको छ।
जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरुले सिडियो, डिएसपी र सरकारी वकिललाई मिलाउनुपर्छ भनेर ३ लाख घुस लिएको प्रहरीले जनाएको छ। बुधबार पक्राउ परेका उनीहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिन म्याद थपिएको सिंहले जानकारी दिए। घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोकबहादुर सिंहले जानकारी दिए।