भदौ ७ राेल्पा – छाेराकाे कुटपिटबाट राेल्पामा एकजना वृद्धकाे ज्यान गएकाे छ।

जिल्लाकाे त्रिवेणी गाउँपालिका ४ चालढुङ खाेला बस्ने ६० वर्षिय लक्षीमन परियारकाे गयराति करिब १०:३० बजे आफ्नै छाेराले हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

घटना भएकाे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय हाेलेरी र प्रहरी चौकी बुढा गाउँकाे टाेली राति नै घटना स्थल पुग्दा परियारकाे हत्या गरि शवलाई रगताम्य अवस्थामा खाटमा सुताएकाे अवस्था प्रहरीले शव फेला पारेकाे थियाे।

छाेराकाे कुटपिटबाट मृत्युु भएका परियारकाे मृत्युकाे कारण परिवारले ढाटछल गरि लुकाउन खाेजे पनि प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट छाेराले नै हत्या गरेकाे पाइएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताउनुभयो।

मृतक परियारकाे छाेरा टेक बहादुर नेपालीले वृद्ध बुवाकाे दायाँ कन्चठमा अगुल्टो प्रहार गरेकाे र साेहि अगुल्टोमा कपाल टासिंएको अवस्थामा भेटिएकाे छ। छाेराकाे प्रहारपछि लडेका परियारलाई उठाएर खाटमा सुताइ घटनाकाे प्रमाण नष्ट गर्ने हेतुले घटना भएको सबैठाउँमा परिवारले लिपपोत समेत गरिसकेका थिए।

हत्यामा संलग्न छाेरा टेक बहादुर नेपालीलाई इलाका प्रहरी कार्यालय हाेलेरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाेे डिएसपी सुवेदीले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार