जेठ १६ बुटवल – नेकपा एमालेका लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आर्थिक वर्ष ०७८/७९ को प्रस्तुत बजेटमा समाजवादको आधार निर्माणको झल्को दिएको बताएका छन्।

नेपाली समाज कोरोना महामारीबाट पिल्सिरहेका बेला अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रणनीतिक र दुरगामी महत्व बोकेको बजेट भाषण गरेको उनकाे भनाइ छ। बजेटमा कम्युनिस्ट पार्टीको सपना समाजवादको आधार निर्माणको गहकिलो र गर्बिलो झल्को दिएको उनले जानकारी दिएका छन्। एमाले नेता ढकालले बजेटले सिङ्गो नेपाली समुदायको मुहारमा खुशी झल्किएको बताएका छन्। अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई सम्बोधन गरेको उनले बताए।

प्रमुख सचेतक ढकालले भने, ‘धन्यवाद जननेता तथा लोकप्रिय अर्थमन्त्री बिष्णुप्रसाद पौडेलज्यू, सिङ्गो नेपाली समुदाय कोरोना महामारीबाट पिल्सिरहेका बेला रणनीतिक र दुरगामी महत्व बोकेको तपाईंको बजेट भाषणले सिङ्गो नेपाली समुदायको मुहारमा खुशी झल्किएको छ। साच्चिकै भन्ने हो भने आज प्रस्तुत आ.ब. ०७८/७९ को बजेटले कम्युनिस्ट पार्टीको एउटा सपना समाजवादको आधार निर्माणको गहकिलो र गर्बिलो झल्को दिएको छ। सबै वर्ग, क्षेत्र र समुदायलाई सम्बोधन गर्ने खालको बजेटका लागि पुनः धन्यवाद माननीय अर्थमन्त्री ज्यू।´

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार