जेठ ६ खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १-०२-००३ त ०२८० नम्बरको ट्याक्टर बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी-४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी ट्याक्टरका चालक र सह-चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार