बैशाख १७ राेल्पा – गंगादेव गाउँपालिकामा एकै पटक ४२ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ।
कन्ट्याक्ट् ट्रेसिङकाे आधारमा ४३ जनाकाे पीसीआर जाँच गर्दा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको रिपोर्ट आएकाे हाे। स्वास्थ्य विज्ञहरुकाे कुरालाई आधार मान्ने हाे भने यसरी संक्रमण पुष्टि हुनु समुदाय स्तरमै फैलिएको मानिन्छ। संक्रमित मध्ये धेरै कर्मचारी रहेकाले कर्मचारी सेवाग्राही संग प्रत्यक्ष रुपमा कन्ट्याक्ट्मा रहने हुदा संक्रमण समुदायमा प्रवेश गरिसकेको छ।

जनहितमा जारी सन्देश
केही दिन अघि गाउँपालिका एक कर्मचारी र एक जना बजारबासीमा संक्रमण पुष्टि भएपछि त्यही आधारमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका कार्यालय नजिकका स्थानीयहरुकाे जाँच गरिएको थियाे। काेराेना संक्रमित मध्ये काेराेना विरुद्धको पहिलो चरणको खाेप लिएकाहरुमा पनि देखिएकाेे छ।
सुरुवातमा पालिकामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको कार्यालय र २ नं. वडा कार्यालय गत १२ गतेदेखि सिल गरिएकाेे थियाे भने गत १४ गते देखि लागू हुने गरि बैशाख २० गतेसम्म पालिका पुर्ण रुपमाा बन्द गरिएको छ। तर संक्रमित ४३ जनाकाे अवस्था सामान्य छ। सबै हाेम आइसाेलेसनमा रहेकाे स्वास्थ्य शाखा प्रमुख त्रिभुवनसिंह घर्तिले बताए ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले संक्रमणबाट वचन र बचाउन गत आइतबार नयाँ प्रमुख जिल्ला अधिकारी नवराज आए संगै सबै स्थानीय तहका प्रमुख संग छलफल गरि जिल्ला प्रवेश सिमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गरि सजकता अपनाउन, नेपाल सरकारले ताेकेकाे मापदण्ड विपरीत भीडभाड नगर्न र स्वास्थ्यको मापदण्ड पालना गर्न गराउने गरी निर्णय गरेका थियाे । गंगादेव गाउँपालिका पनि दुई जिल्ला संग सिमा नाका पर्छ तर उक्त नाकाहरुमा अहिले सम्म कुनैपनि सजकता अपनाइएको छैन। स्थानीय बासीका अनुसार विद्यालय मात्र बन्द भएपनि कतिपय बजार क्षेत्रमा चहलपहल कायमै छ।

जनहितमा जारी सन्देश