
जनहितमा जारी सन्देश
बैशाख १५ रोल्पा – त्रिवेणी गाउँपालिका वडा नं. २ को थारलेख सामुदायिक वनबाट सोमबार साझ देखि सुरुभएको आगलागी आज बुधबार सम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

जनहितमा जारी सन्देश
वन क्षेत्रकाे ठूलो क्षेत्रफलमा फैलिएर भिषण आगलागी भैईरहेको छ । जङ्गलमा लागेको आगो मानव बस्तीमा फैलिदा अहिले सम्म २४ वटा घर , १८ वटा गोठ , ४ वटा भान्सा घर , १० वटा बाख्रा ,१२ वटा गाई गाेरु , बङगुर , चल्ला कुखुरा,खाद्यान्न ,लत्ताकपडा ,धनमाल जलेर नष्ट भएको त्रिवेणी गाउपालिका २ नं. वडा अध्यक्ष कविराज वुढाले जानकारी दिनुभएको छ । आगो केहि ठाउँ नियन्त्रणमा आएपनि केहि ठाउँहरुमा आगो अझै पनि नियन्त्रण बाहिरनै रहेको छ
अहिले स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुको सक्रियतामा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।आगलागीबाट प्रभावित पिडितहरुलाई
गाउँपालिकाको सहयोगमा राहत उपलब्ध गराउने कार्य भै रहेको पनि वडा अध्यक्ष बुढाले बताउनु भयाे । अहिले जिल्लाबाट प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाकाे नेतृत्वमा रेडक्रस लगाएतको टोलि राहत लिएर आउने बताइएको छ। अहिले रामपुरको जङ्गलमा व्यापक रुपमा आगलागी भैरहेको छ ।
आगलागी फाेटाे फिचर हेर्नुस्