फागुन २५ राेल्पा – १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गंगादेव गाउपालिका रोल्पाले आमा समुहहरुकाे सहभागीतामा घैटाफोर र कुर्सी दौड प्रतियोगिता गरेर मनाएको छ।
गाउपालिका उपाध्यक्ष रिता घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत ,वडा नम्बर २ का अध्यक्ष भुपाल दमाई,३ नम्बर वडा अध्यक्ष जलेश कुमार केसि,५ नम्बर वडा अध्यक्ष मान बहादुर डागी,कार्यपालिका सदस्यहरु धनमाली खड्का ,लक्ष्मी बुढा ,निर्मला खड्का ,टीका बिक,लेखा शाखा प्रमुख भरत बस्नेत ,योजना शाखा प्रमुख कृष्ण बहादुर घर्ती,प्राबिधिक शाखा प्रमुख रमेश डागी,सूचना प्रबिधि अधिकृत प्रेम प्रकाश वली, आ.ले.प शाखा प्रमुख उदय प्रकाश वली,भण्डार शाखा एवम् भेटेनरी शाखा प्रमुख कमल राज पुन, कार्यक्रम शाखा प्रमुख सुशील वली,पन्जिकरण शाखा प्रमुख तिर्थराज वली, खानेपानी शाखा प्रमुख बल बहादुर बस्नेत ,महिला बिकास शाखा प्रमुख सुनिता चौधरी , शिक्षा शाखा प्रमुख शेर बहादुर डागी, स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्ती,कृषि बिकास शाखा प्रमुख टीका राम वली, वडा सदस्य कमल प्रकाश खत्री ,रितु परियार, केसरी दमाई लगाएत प्रत्येक आमा समुह बाट ३/३ जनाको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा घैटाफोर र कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा ५२ वटा आमा समुहले भाग लिएका थिए । घैटाफोर प्रतियोगितामा नवजीवन आमा समुहकि जानकी डागी प्रथम हुनु भएको छ। उहाले नगत रु २००० र प्रमाणपत्र पाउनु भएको छ। तेस्तै कुर्सी डौड प्रतियोगितामा जलजला आमा समुहकी सीता वली प्रथम ,बिजयधुरी आमा समुहकी अनिता खत्री दोस्रो ,प्रगतिशील आमा समुहकी बिनिता वली थापा तेस्रो र सिर्जनशील आमा समुहकी गायत्री पुन मगर चौथो हुनु भएको छ। बिज्यतालाइ क्रमश २ हजार ,१५ सय ,१ हजार ,५ सय नगत र प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले महिलाहरुले नै महिला माथी हिंसा गरेका घटना हरु देखा पर्नु दु:खद भएको बताउनु भएको छ। उहाले पढ्ने चेलीबेटी हरुलाइ बिबाहको घरपरिवारबाट दवाव आए तत्काल पालिकालाइ खबर गर्न शुझाव दिनु भएको छ। गाउपालिका उपाध्यक्ष रिता घर्तिले बाल बिबाह र सामाजिक बिकृती रोक्नु पर्ने बताउनु भएको छ। उहाले कार्यक्रम सहभागी जनाउने सबै धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रम बोल्ने बक्ताहरुले नारीहरु आफ्नो अधिकार र कर्तव्य पूरा गर्न एकता बद्द भएर अगाडि बड्नु पर्ने कुरामा जोड दिएका छ्न । महिला बिकास शाखा प्रमुख सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सन्चालन गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले गर्नु भएको थियो ।