सामूहिक बलात्कार मुद्दामा फरार भएका दाङका २ जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा दाङको साबिक उरहरी गाविस घर भएका चन्द्र बुढामगर र यादव टण्डन खत्री रहेका छन। २०६७ असार १५ मा राति साढे ११ बजेतिर उनीहरूले तुलसीपुर नगरपालिका वडा नम्बर–५ र ९ को सिमानामा पर्ने पातुखोलामा बलात्कार घटनामा संलग्न रहेका उनिहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले जनाएको छ।
२०७९ मा सर्वोच्च अदालतले सामूहिक बलात्कार तथा अपहरण मुद्दामा चन्द्र बुढामगरलाई ६ वर्ष कैद र यादव टण्डन खत्रीलाई १६ वर्ष कैद सजाय हुने फैसला गरेपछि उनिहरु फरार थिए। बुढामगरलाई काठमाडौँको बानेश्वरबाट र टण्डनलाई बालुवाटारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए।