प्रधानाध्यापकमाथि कुटपिट गर्ने एमालेबाट निर्वाचित वडा अध्यक्षलाई बचाउ गर्न खाेजिएकाे छ।

दाङको घोराही उपमहानगरपालिका -१४ का वडा अध्यक्ष भानसिं बुढाले शुभप्रभात माध्यमिक विद्यालयका प्रअ रुद्र बुढामाथि कुटपिट गरेका थिए।

बुधबार विद्यालय व्यवस्थापन समितिकाे नया नेतृत्व चयन गर्न बैठक बसेका बेला वडा अध्यक्षले आफूले भनेको व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष बनाउनुपर्ने र त्यहि अनुसार प्रअलाई माइन्युट लेख्न भनेको दबाब दिएपछि प्रअले जवाफमा अभिभावकहरूको उपस्थिति संख्या कम भएपछि कोरम नै नपुग्ने हुदा नियमभन्दा बाहिर गएर आफुले कुनै काम नगर्ने अडान लिएपछि आफू माथि पहिला वडा अध्यक्ष जाइलागे अनि वडा अध्यक्ष निकटका गैरअभिवावक समेत सामेल गरि आफू माथि निर्घात रुपमा कुटपिट भएकाे प्रअ बुढाले जनसहारासंग बताए।

कुटपिट गरेकाे भिडियो सामाजिक संजालमै सार्वजनिक भयाे र याे विषय झन पेचिलाे बन्दै वडा अध्यक्षकाे आलोचना हुदै गयाे त्यसकाे भाेलिपल्ट बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिए पनि प्रहरीले दर्ता गर्न नमानेको प्रअ बुढाले जनसहारासंग बताए।

उनले किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा पुग्दा प्रहरीले आफ्नाे जाहेरी लिन नमानेर फर्काएको बताए। जनसहारासंग कुरा गर्दै प्रअ बुढाले भने: ` जब आफुले नियम बाहिर गएर गलत काम गरिन त्यसकाे बदलामा मलाई कुटपिट भाे, दाेषि माथि कारबाहीको लागि दिउँसो तिर जिप्रका पुगेको थिए प्रहरीले मेराे जाहेरी हेर्नू भयाे तर अर्काे पक्षबाट पनि निवेदन आकाे छ तर लिएनौ एकपटक दुवै पक्ष बसेर छलफल गरौ भनेर फर्काउनु भाे।´

उता वडा अध्यक्षले भने आफुले प्रअ माथि कुटपिट गरेको अस्वीकार गरेका छन। गत ४ फागुनमा विव्यसकाे कार्यवधी सकिएपछि नयाँ नेतृत्वका लागि दुई पटक प्रयास गर्दा पनि नभएपछि अन्तमा २८ गते सहमतिबाट विव्यस अध्यक्ष चयन गर्न लाग्दा प्रअले अटेरी गरि दुर्ववहार गर्न खाेजेपछि माहुल असामान्य बन्दै गएकाे बताए। प्रअले पनि बाहिरका युवा बाेलाएर बैठककाे माहुल झन भाडन खाेजेकाे परिणाम आएकाे पनि बताए। `सहमति जुटेपछि अन्तमा माइन्युट लेख्न हामी सबैले प्रअलाई भन्दा प्रअले म लेख्दैन जे गर्छौ गर भनेपछि अटेरी गर्दा वातावरण भाडियाे म वडाकाे अभिवावक हाे म माथि दुर्ववहार जस्तो पनि भाे अनि केही खिचातानी भएको हाे प्रत्यक्ष रुपमा कुटपिट गरेकाे हैन।´ उनले भने। त्यसपछि एक तर्फि रुपमा वडा अध्यक्षले प्रअ कुटयाे भनेर नबुझेर आफुमाथि अनेक रुपले आलोचना गरेकाे प्रति उनकाे दुखेको छ। अहिले उत्पन्न भएको परिस्थिति सहज बनाउन आफू सधैं तयार रहेको पनि वडा अध्यक्ष बुढाले जनसहारासंग बताए।

याे घटनालाई कानुनी प्रक्रिया सम्म नपुगेर छलफलबाटै मिलाउन प्रहरीलाई समेत दबाब परेकाे बुझिन्छ जसका लागि नेकपा एमालेका दाङका जिल्ला स्तरका नेता देखि केन्द्रीय नेता सम्मले प्रहरीलाई याे घटना जसरी पनि छलफल बाटै मिलाउन दबाब दिएका छन। एमाले दाङका एक नेताका अनुसार यस घटनालाई सकेसम्म छलफल बाटै मिलाउन प्रअ र वडा अध्यक्ष दुवैलाई भनसुन पारिएको र बरु प्रहरीकै राेहबरमा छलफलबाट टुंग्याउन प्रयास गरेकाे नाम उल्लेख नगर्ने सर्तमा उनले बताए। जनसहारासंगकाे कुराकानीमा उनले भने:` याे घटनाबारे यसाेउसाे भनेर मेरो नाम किन लिनु पर्याे र याे एउटा पारिवारिक झगडा जस्तै हाे वडा अध्यक्ष पनि विद्यालयकाे अभिवावक स्वभाविकै हाे अनि प्रअ पनि त आफ्नै भएन र काम गर्दा केही असामान्य बन्न पुगेको हाे त्यसलाई बाहिर झन अर्को रुपले बुझदा झन पेचिलाे बनाईयाे त्यहि भएर दुबै पक्षले सामान्य रुपमा लिएर मिलापत्र गर्नु नै सबै हित हुने देख्छु, तपाई ढुक्क हुनुस छलफलबाटै टुंगोमा पुग्छ।´ उनले भने।

प्रहरीलाई जिल्ला देखि केन्द्रका नेताकाे दबाब छ रे त ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन: `दबाब हाेइन जिल्ला वा केन्द्रका नेताले प्रहरी दबाब दिएकाे हाेइन उहाँ दुवैलाई मिलेर अघि बढनुस भनेर सुझाव दिनुभएको हुनसक्छ यहि अनुसार प्रहरीलाई पनि राेहबरमा छलफल गराई मिलाईदिनु भनेको हुनसक्छ यसलाई दबाब हाेइन सहजीकरण भनेर बुझदा राम्राे हाेला, एउटा कुरा जनप्रतिनिधिले प्रअ कुटयाे त्याे पनि वडा अध्यक्षले भनेर पेचिलाे पारिएको हाे जति बाहिर आएको छ त्यति यथार्थ भित्र छैन।´ उनलेे भने।

उता जिल्ला प्रहरी कार्यालयले भने पहिला छलफलमा लैजाने जनाएको छ। `हामीसंग दुवै पक्ष आउनु भएको छ अहिलेलाई हामीले पहिला दुवै पक्षलाई छलफलमा लिने र त्यसपछि कस्तो अवस्था आउँछ मेलमिलाप वा आवश्यक प्रक्रिया अघि बढने त्याे पछि थाहा हाेला अहिलेलाई हामीले दुवै पक्षलाई आइतबार छलफलमा बाेलाएका छौँ।´ दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जनसहारासंग भने। अहिले याे घटनालाई प्रहरीले विभिन्न दृष्टिकोणले सुक्ष्मरुपले अनुसन्धान गरिरहेको र सामाजिक संजालमा सार्वजनिक भएको भिडियोबारे प्रहरी अवगत रहेकाे डिएसपी शाहले बताए।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार