फागुन १५, सल्यान – सल्यानको बागचौर नगरपालिकाको रनिङ शिल्डमा वडा नं. ४ शिवरथस्थित सरस्वती माध्यमिक विद्यालय प्रथम बनेको छ ।
२४ स्वर्ण, १२ रजत र ४ कास्य पदक जित्दै सरस्वती माविले उपाधि हात पारेको हो ।
यसैगरी, १२ स्वर्ण, १८ रजत र ९ कास्य पदक प्राप्त गर्दै वडा नं २ को जनकल्याण नमुना मावि, थारमारे दोस्रो स्थानमा रह्यो।
त्यस्तै, वडा नं. १२ स्थित दुर्गा सरस्वती माध्यमिक विद्यालय तृतीय तथा वडा नं ३ बनेचौरको मावि, लस्तम चौथो स्थानमा रहे । दुर्गा सरस्वती माविले ७ स्वर्ण, ९ रजत, ५ कास्य पदक प्राप्त गर्दा बनेचौरको माविले ७ स्वर्ण, ४ रजत, ६ कास्य पदक जितेको थियो ।
विजयी खेलाडीहरूलाई नगरप्रमुख जनक राज गौतम, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, खेलकुद संयोजक टिकाराम ओली, मुख्य रेफ्री द्रोण चन्द लगायत वडाध्यक्षहरूले एक विशेष कार्यक्रममा कप, मेडल र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
आइतबारदेखि चलेको प्रतियोगितामा पालिका भित्रका १२ विद्यालयका खेलाडीहरूको सहभागिता रहेको थियो।
यसैबीच, फागुण १५ देखि जिल्लास्तरीय १५ औं रनिङ शिल्ड प्रतियोगिता कुमाख–२ को नेटामा सञ्चालन हुँदै