दिनहुँ नेपाली लाेकगीत बजारमा आइरहेका बेला अहिले ‘टोट्क्या सल्ला’ बाेलकाे झ्याउरे गीत पनि बजारमा छ।
गीतकाे भिडियोमा केही अंश दाङमा छायांकन गरिएको भएपनि शब्दमा सल्यानका अधिकांश ठाउँ समेटिएकोले फाेटाे संकलनमा सल्यानका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रकाे तस्वीर समावेश गरिएको छ।
पछिल्लो समय उक्त गीत सल्यानकाे चिनारी समेत बन्न पुगेको छ भने अहिले कतिपय सल्यानका स्थानीय बजार तथा ठाउँहरुलाई चिनाउन सहयोग गरेकाे छ। गीतमा भनिएकाे एउटा श्लोक छ `कालाखेतमा आलु र चना, टोट्क्या सल्ला बसम्ला दुई जना´ जुन कालाखेत भन्ने कुनैबेला राेल्पा रुकुमकाे प्रमुख व्यापारीक केन्द्र समेत हाे। तर अहिले गाउँबस्ती सम्म सुविधा पुगेसंगै ओझेलमा परेकाे कालाखेतलाई याे गीतमा सुन्न पाउँदा पहिले त्यहि कालाखेतमा हाटबजार गर्ने वृद्धवृद्धा उनै पुराना दिनकाे झल्को आउने प्रतिक्रिया दिएका छन।
त्यस्तै गीतमा सल्यानकाे प्रमुख व्यापारीक केन्द्र श्रीनगर बजार, धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खैराबाङ, कुपिण्डे, मुलपानी, फालाबाङ लगायत स्थानीय परम्परागत अन्य मेलाहरु समेत जाेडिएका छन। गीतकाे शब्दमा सरल र गाउँमा सामान्य बाेलिने थेगाेहरु प्रयाेग गरिएको छ।
सल्यानका गणेश डाँगी `गगन´को नयाँ साङ्गीतिक कोसेलीकाे रुपमा रहेको ‘टोट्क्या सल्ला’ ले यतिबेला विशेषगरी सल्यान सहित दाङ र रुकुम राेल्पाका बस्तीहरु तथा दर्शक माझमा गुञ्याएमान छ। गणेश डाँगी गगन नामक युटुबबाट सार्बजनिक गरिएको उक्त गीतमा झण्डै १० जना कलाकारहरुले स्वर दिएका छन। पि.एन साईला,रमेश डाँगी,निर्मला देबि बस्नेत,देबि बस्नेत,लिला कवर,हेमराज डाँगी, दिप श्रेष्ठ ,सरिता बुढाथोकी , मन्जु थापा र गणेश डाँगी (गगन)को स्वर रहेको छ भने एरेन्ज/रेकर्ड /मिक्सिङ हेमराज डाँगीले गरेका छन।
दाङको शान्तिनगर -३ पातेटाकुरामा सुटिङ गरिएको उक्त गीतमा अभिषेक मल्ल , अर्जुन रोका,दिप श्रेष्ठ ,शुलभ पौडेल, गणेश डाँगी गगन,शाखिरा मगर,सुरक्षा मगर,तारा केसी,बिमला मगर,हिरा ठकुरी सहित हास्य कलाकार कृष्ण डाँगी , पूर्ण केसी,होताराम ओलीले अभिनय गरेको गीतमा निर्देशन,कोरियोग्राफी,कलर तथा सम्पादन अभिषेक मल्लले गरेका छन। सल्यानका विभिन्न तस्बिर संकलन पत्रकार खकेन्द्र केसीले गरेका हुन।
भिडियो : https://youtube.com/watch?v=czdSGTx5SlM&si=R-lPPPhBivnBTCyF