राेल्पाकाे माडी खाेलामा डुबेर एक बालकको मृत्युु भएको छ।

परिवर्तन गाउँपालिका वडा न. ६ चप्का स्थित माडी खोलामा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

मृत्यु हुनेमा बुबा किरण पुनका २८ महिनाका छाेरा अनक पुन रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले बताए।

शनिबार बेलुका ६ बजेतिर घरदेखि तल १० मिटर तल खाेला किनारकाे झाडीमा अडकिएकाे अवस्थामा बालकको शव फेला परेको डिएसपी लामाले बताए।

बुवा किरण वैदेशिक राेजगारमा कुवेतमा रहेको र आमा संगीता बाँठा माइतमा बस्दै आएकाे र मृतक बालक हजुरआमा स‌ग बस्दै आएकाे पाइएको छ।। शव पोष्टमाटका लागि जिल्ला अस्पताल रेउघा पठाइएको डिएसपी लामाले बताए।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार