माघ २३ प्युठान – प्यूठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक पुरुष रहेका छन र घाईते भएका व्यक्तिको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ।
गाडीमा नौ जना यात्रु सवार थिए । गाडीमा चढेका यात्रुका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट ५० मिटर तल खसेको छ ।