माघ २३ बैतडी – दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी एक किशोरीकाे शव फेला परेको छ। उक्त शव स्थानिय १७ वर्षीया भागरथी भट्टको रहेकाे पुष्टि भएको छ। शवकाे प्रकृृृृति हेर्दा बलात्कार पछि हत्या भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा स्थानीय लवलेक जंगलमा बीभत्स अवस्थामा फेला परेको हाे। शरीरभरि निलडाम र घाउ तथा कपडा पनि च्यातिएको अवस्थामा रहेकाे बताइएको छ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार किशोरीको कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था नभएकाले घटना शंकास्पद छ। अहिले स्थानिय प्रहरी युनिट खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमकाे कमान्ड टाेली घटनास्थलमा अनुसन्धान गरिरहेकाेे र आफू पनि जान लागेकाे बताए। घटनाको विस्तृत अध्ययन गर्न सहज हाेस भनेर धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकिएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार