मलेसियाकाे समुन्द्रमा बेपत्ता भएका राेल्पाका एक युवाकाे शव ३ दिन पछि फेला परेको छ।

रोल्पाकाे परिवर्तन गाउँपालिका वडा नं. ३ बागमाराका गणेश राना गत साेमबार बेलुका मलेसियाकाे स्थानीय समय बेलुका ५ बजेतिर समुन्द्रमा डुबेर बेपत्ता भएका उनकाे शव बुधबार दिउँसो फेला परेको हाे।

चाइनिज नयाँ वर्षकाे अवसरमा कम्पनीले दिएको बिदामा साथीहरू संग समुन्द्रमा घुम्न गएका बेला बेपत्ता भएका थिए। उनी मलेसिया स्थित दक्षिणी क्षेत्र पर्ने चाइनिज समुन्द्रमा बेपत्ता भएको मलेसिया स्थित नेपाली राजदुतावासका प्रवक्ता प्रेम बुढा थापाले बताए।

उनका अनुसार मलेसिया स्थित प्रहरीको प्रत्यक्ष सहयाेगमा साेमबार बेलुका देखि खाेजिकार्य गरिरहेकोमा बुधबार दिउँसो शव फेला परेको हाे। अब शव व्यवस्थापन बारे राेजगारदाता कम्पनी र नेपाल स्थित मृतकको परिवार संग छलफल गरेर आवश्यक प्रक्रिया गरिने प्रवक्ता थापाले बताए।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार