गत शुक्रबार राति गएकाे भुकम्पबाट प्रभावित मध्ये एक जना राष्ट्र सेवक कर्मचारीले दुखेसो व्यक्त गर्दै आफू सरकारकाे नियम अनुसार बाध्यताले आफ्नै काम कर्तव्यमा खटिरहदा भुकम्प पिडित आफ्नो परिवार समक्ष अहिलेसम्म कुनै पनि राहत नपुगेको बताएका छन।

आज तीन दिन हुदा समेत जाजरकोटकाे सदरमुकाम मै रहेकाे ती राष्ट्र सेवक कर्मचारीकाे घरमा अहिलेसम्म राहत तथा सहानुभूतिका लागि काेहि नपुगेको उनकाे परिवारले समेत बताएको छ। ती पिडित राष्ट्र सेवक कर्मचारी नेपाल प्रहरीका जवान रहेका छन। उनी जिल्ला प्रहरी कार्यालय जाजरकोट मै कार्यरत छन। तर पनि उनकाे परिवार समक्ष अहिलेसम्म कहिकतैबाट केही चासाे नदेखिएको उनकि श्रीमती निरु चन्दले बताइन्।

ती प्रहरी जवानकाे नाम हाे महेन्द्र थापा। उनले सामाजिक संजालमा दुखेसो सार्वजनिक गरेपछि जनसहाराले खाेजि गर्दै जादा उनकाे परिवारलाई सम्पर्क लिएपछि सबै वास्तविकता एकिन भएको छ। महेन्द्रले सामाजिक संजाल फेसबुकमा लेखेका छन: कठै मेरो सरकर ।मेरो घर जाजरकोट खलंगा भेरी नगरपालिक वडा ४ । म पेसाले रास्ट्रसेबक मेरो घर २०८०.०७.१७ गतेको भुकम्पले पुर्न रुपमा क्षेती भएको छ तर म भने सरकरको आबस्यकता अनुसार परिवारलाई छोडेर अन्य ठाउमा राहद बितरण गर्दै छु तर मेरो घरमा अहिले सम्म कसैले पनि राहद के एउटा पाल पनि दिन आएन म मेरो परिवारलाई सडकमा सुतायर सेवा गरिराको छु । यस्तो चिसोमा मेरो २० महिनाको छोरालाई सडकमा सुतायर । सेवा दिदै छु । यस्तो हुदा पनि कुनै पनि चासो छैन ।

महेन्द्रकाे दैनिकि डिउटी भनेकाे रातकाे १० बजे देखि २ बजेसम्मकाे भएकाले भुकम्प जादा बेला पनि महेन्द्र डिउटीमा र उनकि श्रीमती र २० महिने छाेरा एक्लो घरमा थिए। भुकम्प पछि बाँच्न आमा छाेरा अहिले सडकमा छन भने महेन्द्र अरुकाे उद्दार र खाेजिकार्यमा व्यस्त छन। एकातिर आफ्नो परिवार सडकमा हुदाकाे पीडा छ अर्काे तिर पेशाकाे हिसाबले विभागीय कर्तव्य पालना गर्नु बाध्यतामा छन महेन्द्र। श्रीमती निरुले भनिन् : `भुकम्प पछि हामी बाँच्न सफल भयौं अनि हिजाे बिहान उहाँ र केही प्रहरी साथि भित्र पुरिएकाे सामान निकाल्नु भयाे त्याे बाहेक हामीले कसैलाई देखेका छैनौं।´

सबै तिरबाट राहत भन्दै ओइरिरहेका बेला एक प्रहरीकाे परिवारले समेत बस्ने टेन्ट समेत पाउन सकेको छैन त्याे पनि सदरमुकाम मै। राहतकाे लागि जनप्रतिनिधि संग याे परिवारले गुहार माग्याे तर जवाफमा तपाईं मात्रै पिडित हुनुहुन्न सबै उस्तै छन भन्ने पायाे। निरुले वडा अध्यक्षलाई हिजाे फाेन गरेर दु:ख सुनाउदा वडा अध्यक्षले तपाई मात्रै पिडित हुनुहुन्न समस्या सबैका छन भाेलि बिहान सम्म केही उपलब्ध हाेला भनेका थिए तर अहिलेसम्म राहत त परकाे कुरा सहानुभूति सम्म दिन काेहि नआएको निरुले दुखेसो गरिन।

अहिले बाध्य भएर उद्दारमै खटिएका श्रीमान प्रहरी जवान महेन्द्रलाई फाेन गरेर काेहि नआएकाे बताए पछि महेन्द्र पारिवारिक दु:ख फेसबुकबाट पाेखेपछि याे रहस्य जनसहाराले बाहिर ल्याएकाे हाे। निरु भक्कानिदै भन्छिन: `अहिले म संग २० महिनाकाे बच्चा छ यति चिसाेमा सडकमै छु, बुढा रातदिन उतै उद्दारमा खटनुहुन्छ यता हाम्रो यस्तो हालत छ आफै फाेन गरेर जनप्रतिनिधि गुहारदा समेत चासाे गरेनन्।´

देश तथा विदेशबाट अरबौंकाे राहत भुकम्प प्रभावित क्षेत्रमा झरेको छ। सदरमुकाम जस्तो पहुँच हुने ठाउँ त्यसमा पनि नेपाल प्रहरी झन जिल्ला प्रहरी कार्यालय मै कार्यरत भएको पिडित समक्ष अहिलेसम्म बेवास्ता हुनु उद्दारमा खटिएको सरकारी संयन्त्र फितलो हाेकि भन्ने उदाहरण याे अवस्थाले देखाउछ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार