शुक्रबार राति करिब ९ बजेतिर बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शरेगञ्जमा बस दुर्घटना हुदा ७ जनाकाे घटनास्थलमै मृत्युु भएको छ।

बर्दियाकाे ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दुर्घटनामा परी बसका चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा बर्दियाकाे ठाकुरबाबा नगरपालिका -९ बेतहनीका कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी र एक जनाको पहिचान खुलेको छैन भने घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार