फागुन २ जाजरकोट – चेक अनादर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन।

पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ०८ स्थायी वतन भएका धन बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जाजरकोट जिल्ला अदालतको आदेशले १(एक) महिना कैद र जरिवाना भई भागी फरार रहेका चेक अनादर मुद्दामा फरार रहेका सुनारलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा साेमबार पक्राउ गरि जाजरकोट जिल्ला अदालतमा उपस्थित गराई जाजरकोट जिल्ला अदालतबाट कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार