माघ २० रोल्पा – आफ्नो जन्म दिनकाे अवसर पारेर एक बिद्यालयका करिब ७० जना बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
गंगादेब गाउँपालिका -५ का सामाजसेवी युवा तथा विभिन्न मिडियामा आबद्ध रहि युटुब च्यानल फुलबारी दैनिकका सञ्चालक समेत रहेका भुपेन घर्ति मगरले आफ्नो जन्मदिनको अबसरमा बिहीबार एक कार्यक्रमका बिच गुराँसेतारा प्राथामिक विधालय आरूचौर गंगादेब -५ रोल्पामा अध्यनरत कक्षा शिशु (0) देखि ३ सम्मका सम्पुर्ण विपन्न गरिव तथा दलित बालबालिकाहरुलाइ कापी,कलम लगाएत अन्य शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्म दिन मनाएका छन
त्यो विद्यालयमा अध्यनरत ६५ जना दलित बिद्यार्थी शैक्षिक सामाग्री वितरण गरेका हुन। जन्म दिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षासंग जोड्न आफुले प्रयास गरेको भुपेनले बताए ।
सामाजिक सेवामा अग्रसर भुपेनले आगामि दिनमा त्यो विद्यालयको लागि उनले गर्न सक्ने सहयोग गर्ने बताएका छन। उक्त विद्यालय जिर्ण अवस्था रहेको समेत भुपेनले बताए।