पुस १३ काठमाडाैँ – सेवा निवृत विश्व चर्चित ब्राजिलका फुटबल खेलाडी ८२ वर्षिय पेलेकाे निधन भएको भन्दै नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयाेगकर्ताले दु:ख व्यक्त गरिरहेका छन।
प्राणघातक राेग क्यान्सरकाे ब्राजिल स्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचारत पेलेकाे निधन भएको भन्दै नेपालमा सामाजिक सञ्जालमा एकाएक अफवाह मात्रै फैलाइएकाे बुझिएको छ। पेलेकाे पछिल्लो अवस्थाबारे अन्तराष्ट्रिय कुनै पनि सञ्चारमाध्यामले उल्लेख गरेका छैनन।
उनको अवस्था चिन्ताजनक भएकै कारण गएकाे क्रिसमस उनकाे परिवारले अस्पतालमै पारिवारिक रुपमा क्रिसमस मनाएको थियो।
कसरी बाहिरियाे पेलेकाे निधन भएको अफवाह ?
डिसेम्बर २६ अर्थात `क्रिसमस डे´ का दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यम थाई वेबसाइट थाइगरका एक लेखक जोन ह्विटम्यानले एक दाबि सहित लेखेको लेखकाे स्क्रिनसटलाई सार्वजनिक गर्दै अहिले पेलेकाे निधनकाे अफवाह फैलाइएकाे खुलेको छ।
जसमा पेलेको मृत्युबारे कथित लेख मानिएकाे जोन ह्विटम्यानले लेखेकाे उक्त लेख अहिले थाई वेबसाइट थाइगरले समेत हटाएकाे अन्तरास्ट्रिय सञ्चार माध्यमले जनाएका छन।
जोन ह्विटम्यानले लेखेकाे भनिएको स्क्रिनसटले पेले कसरी मरे, वा उनको मृत्यु कहिले भयो भन्ने उल्लेख छैन, तर मितिले उनको क्रिसमसको दिनमा वा क्रिसमस मनाउने बित्तिकै मृत्यु भएको बताउँछ। उक्त लेख उनले डिसेम्बर २६, २०२२ क्रिसमस कै दिन सार्वजनिक गरेका थिए।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम मध्येकाे एक `टेचरप डटकम´ लेख्छ- `याे अज्ञात छ कि त्याे लेखकाे स्क्रिनसट फोटो-सम्पादन गरिएको थियो, वा यदि थाइगरले गल्तिले पेलेको लागि तयार गरिएको मृत्युपत्र प्रकाशित गर्यो तर वास्तविक थियाे भने किन यसलाई तुरुन्तै वेबसाइटबाट हटायाे, अहिले त्याे लेख थाइगर वेबसाइटमा उपलब्ध छैन।´ `यो सम्भव छ कि पेले अहिलेसम्म अस्पतालमा उपचारत हुनुहुन्छ, तर त्यो हाल सत्य होइन किनकि उहाँ अझै जीवित हुनुहुन्छ, 28 डिसेम्बर 2022 सम्म।´