भदौ २२ दाङ –  सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नेपाल राष्ट्र बैंकले समस्या ग्रस्त घोषणा गरेको छ ।

लुम्बिनी प्रदेश भरि कार्यक्षेत्र बनाएर दाङकाे तुलसीपुरमा केन्द्रीय कार्यालय बनाई संचालनमा आएकाे उक्त संस्थाकाे ०७८ असोज मसान्तसम्मको वित्तीय विवरणलाई आधार बनाएर गरिएको स्थलगत निरीक्षणपछि बैंकले समस्या ग्रस्त घाेषणा गरेकाे बुधबार एक सुचना मार्फत जनाएको छ।

उक्त संस्थाका अध्यक्ष तथा सदस्यहरुले व्यक्तिगत आर्थिक लाभका लागि संस्थाकाे हित विपरीत नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेकाे भेटिएपछि राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले समस्या ग्रस्त सुचिमा राखदिएकाे हाे।

राष्ट्र बैंकले यो संस्थाको प्राथमिक पुँजी कोष अनुपात १० दशमलब ३१ प्रतिशतले ऋणात्मक भएको पाएपछि ०७८ चैत २ मा बैक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक प्रणाली अन्र्तगत समस्याग्रस्त गर्नुनपर्ने कारण माग गरेकोमा संस्थाले दिएको विवरण सन्तोषजनक नपाइएकोले समस्या ग्रस्त घोषणा गरिएको विभागले जनाएको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले २०७८/१२/०२ गते बैंक तथा वित्तीय संस्थाकाे शीघ्र सुधारात्मक सम्बन्धि विनियमावली अनुसार स्पष्टीकरण माग गरेकाेमा जवाफ सन्तोषजनक नभएपछि उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ काे दफा (ख) बमोजिम समस्या ग्रस्त घाेषणा गरेकाे विभागले जनाएको छ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार